ताप्लेजुङ। फक्ताङलुङ गाउँपालिका–७, ओलाङचुङगोला का वडाअध्यक्ष छेतेन वालुङ शेर्पाले दुर्गम क्षेत्रमा रहेका नागरिकलाई सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यसहित स्थलगत रूपमा बायोमेट्रिक संकलन कार्य सञ्चालन गरेका छन्। इला डाँडामा पुगेर उनले सेवाग्राहीहरूको बायोमेट्रिक विवरण संकलन गरेका हुन्।

दुर्गम भूगोल, कठिन यात्रा र सीमित पहुँचका कारण सेवा लिन समस्या भोगिरहेका स्थानीय नागरिकलाई लक्षित गर्दै वडाअध्यक्ष शेर्पाले प्रत्यक्ष रूपमा सेवा प्रवाह गरेका हुन्। स्थानीय तहका जनप्रतिनिधि स्वयं सेवामा खटिँदा नागरिकहरू लाभान्वित भएको स्थानीयवासीले बताएका छन्।

जनताको आवश्यकतालाई प्राथमिकतामा राख्दै गरिएको यस पहलले जनप्रतिनिधि जनतासँग नजिक भएर काम गर्नुपर्छ भन्ने सन्देश दिएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!