ताप्लेजुङ। ताप्लेजुङ जिल्लाको प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिरबाट पुस महिनामा २४ लाख २५ हजार रुपैयाँ भेटी संकलन भएको छ।
समुद्री सतहदेखि करिब ३ हजार ७ सय ९४ मिटर उचाइमा अवस्थित पाथीभरा देवी मन्दिर नेपालकै प्रमुख शक्तिपीठमध्ये एक हो। देश–विदेशबाट आउने हजारौँ भक्तजनको आस्थाको केन्द्रका रूपमा रहेको पाथीभरामा मनोकामना पूरा हुने विश्वास रहँदै आएको छ।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार पुस महिनामा ५ हजार ९ सय ११ जना भक्तजनले मन्दिरको दर्शन गरेका थिए। समितिले प्रत्येक महिनामा संकलित भेटीको गणना गरी महिना समाप्त भएपछि सार्वजनिक गर्ने गरेको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!