ताप्लेजुङ । माघे सङ्क्रान्तिको पावन अवसरमा स्व. गौरामाया आले मगरको स्मृतिमा आयोजित जिल्ला स्तरीय मेन्स डबल ‘बी’ लेभल ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ। उक्त प्रतियोगिता जिल्ला ब्याडमिन्टन सङ्घको प्राविधिक सहयोगमा आयोजना गरिएको हो।
प्रतियोगितामा जिल्लाभरबाट १९ टिमको सहभागिता रहेको थियो।

फाइनल खेलमा फुङ्लिङ नगरपालिका वडा नं. ४ माछा पोखरीका डेबिट मादेन र रमेश मादेनको जोडीले मेरिङदेन गाउँपालिका वडा नं. ३ का विकास तामाङ र रमेश चोङबाङको जोडीलाई पराजित गर्दै उपाधि जित्न सफल भएका छन्।

उपाधि विजेता मादेन जोडीले पहिलो सेट २१–१७ र दोस्रो सेट २७–२५ अंकका साथ जित हात पारेका थिए। उपविजेता बनेको तामाङ–चोङबाङ जोडीले कडा प्रतिस्पर्धा प्रस्तुत गर्दै १७–२१ र २५–२७ अंकले पराजय भोग्नुपरेको थियो।

जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष सुरेश सिंहका अनुसार यस्ता प्रतियोगिताले जिल्लामा ब्याडमिन्टन खेलको विकास, खेलाडीको पहिचान र आपसी सद्भाव बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। आगामी दिनमा अझ व्यवस्थित र स्तरिय प्रतियोगिता आयोजना गर्ने लक्ष्य रहेको उनले जानकारी दिए।

कार्यक्रमका आयोजकले प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडी, निर्णायक टोली तथा आर्थिक सहयोग गर्ने सम्पूर्ण सहयोगीप्रति धन्यवाद ज्ञापन गरेका छन्।

तस्बिरका लागि सुरेश सिङ्घक:

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!