१ माघ, ताप्लेजुङ । मगर जातिको महान पर्व माघे संक्रान्तिको अवसरमा नेपाल मगर संघ, जिल्ला कार्य समिति ताप्लेजुङको आयोजनामा माघ १ गते शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको नेपाल मगर संघ ताप्लेजुङका अध्यक्ष गणेश बहादुर मगरले जानकारी दिनु भएको छ।

कार्यक्रममा मगर समुदायको मौलिक भाषा, संस्कृति, भेषभूषा र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न सांस्कृतिक प्रस्तुतिहरू गरिएको थियो। सहभागीहरूले परम्परागत पोसाकमा नृत्य तथा मौलिक संस्कृतिको झल्को प्रस्तुत गरेका थिए।

कार्यक्रमले समुदायबीच आपसी सद्भाव, एकता र पहिचान मजबुत बनाएको आयोजकले जनाएको छ। स्थानीय अगुवा, बुद्धिजीवी तथा समुदायका सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो। फुङ्लिङ नगरपालिकाका उपप्रमुख भिमादेबी ओझाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विभिन्न संघसस्थाका प्रतिनिधिको उपस्थिति रहेको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!