काठमाडौं । प्याब्सन र एनप्याब्सनले ९ गते सोमबारदेखि देशभरका विद्यालय अनिश्चितकालिन बन्द गर्ने भएका छन् । त्यसको लागि भोली बुधबार बिहान सबै सरोकारवाला निकायको अन्तिम बैठक बस्नेछ । बैठकमा अभिभावक,प्याब्सन,हिसान,एन प्याब्सन, इष्टुलगायत, संघसंगठनको उपस्थिति रहनेछ ।

त्यसअघि आज दिउँसो प्याब्सनको कार्य सम्पादन समितिको आकस्मिक बिस्तारित बैठक बसेको थियो । केहीबेरमा संघ संगठनको संयुक्त बैठक बस्दैछ । निजी विद्यालयको सबै कार्यक्रम गोप्य राखेको छ । भोली मध्यान्ह पत्रकार सम्मेलन गरेर अनिश्चितकालिन बन्द लगायत कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ ।

शिक्षा ऐनको मस्यौदामा निजी विद्यालयको मागलाई बेवास्ता गरेको आरोप लगाउँदै निजी शिक्षालय र सरोकारवाला संघ संगठनले पर्सि ५ गते माइतीघर मण्डलामा प्रदर्शन र कोणसभा , ६ गते संसद् भवन घेराउ , ८ गते निजी विद्यालयको सवारी साधन बाटोमा गाडी तेर्स्याउने र ९ गते देशभरबाट अनिच्तिचकालिन बन्द गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!