२८ श्रावण, ताप्लेजुङ । चर्च ब्वाइज क्लब ललितपुर ताप्लेजुङ सदरमुकाम फुङ्लिङ स्थित भानु जन माविको खेलमैदानमा जारी ‘ अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकप ‘ को फाइनलमा प्रवेश गरेको छ।

बुधबार सम्पन्न पहिलो सेमीफाइनल खेलमा समूह ‘ए ‘ बाट द यङ ब्रदर्स क्लब सुनसरीलाई टाइब्रेकरमा हराउँदै उपाधि भिडन्तमा आफुलाई पुऱ्याएको हो ।

७७ औ मिनेटमा चर्च ब्वाइजले आत्मघाती गोल गर्दा खेलमा सुरुवाती अग्रता लिएको सुनसरीले निर्धारित समयको अन्त्यपछि अतिरिक्त समयमा सम्हालिन नसक्दा नतिजा चर्च ब्वाइजलाई सुम्पनु परेको हो। ९३ औँ मिनेटमा चर्च ब्वाइजका सुमन श्रेष्ठले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए ।

त्यसपछि भएको ट्राइबेकरमा सुनसरीका निरोज खड्का मात्र सफल बने । विशाल तामाङ,निवास पौडेल र युगन राईको प्रहार खेर गयो।

चर्च ब्वाइजका सुमन श्रेष्ठ ,रोशन पहाडी, युवराज ढकाल गोल गर्न सफल हुँदा नवयुग श्रेष्ठ भने चुक्न पुगे ।आजको खेलको ‘म्यान अफ दि म्याच ‘चर्च ब्वाइजका सुमन श्रेष्ठ घोषित भए ।

यस अघि क्वार्टर फाइनल चरणमा चर्च ब्वाईजले भारतीय टोली लिजेन्ड फुटबल एकेडेमीलाई १ – ० ले पाखा लगाएको थियो भने द यङ ब्रदर्स क्लबले ताप्लेजुङको तेल्लोक स्पोर्टिङ क्लबलाई २ – १गोल अन्तरले हराएर सेमिफाइनल पुगेको थियो ।प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल बिहिबार हुनेछ उक्त खेलमा समूह ‘बी ‘का सलहेस क्लब सिराहा र बिर्तामोडको रेड स्टार क्लब आउनेसामने हुनेछन् ।

क्वाटर फाइनल चरणमा सलहेसले फिदिम स्पोर्टिङ क्लब पाँचथरलाई ६–० ले पाखा लगाएको थियो ।यस्तै रेड स्टारले भने पोखराको सहारा क्लब विरुद्ध २ – ०को जित निकायलेर अन्तिम चारमा आएको हो।

लाखेजात्रा पर्वको अवसरमा जारी प्रतियोगिताको उपाधि भिडन्त साउन ३१ गते हुनेछ ।विजेताले नगद रु ७ लाख र उपविजेताले ३ लाख ५० हजार ८२ प्राप्त गर्नेछ।यस वर्ष प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी ‘प्लेयर अफ दि टुर्नामेन्ट ‘ले यमाहाको मोटरसाइकल प्राप्त गर्नेछन्।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!