
ताप्लेजुङ । नेपाली काग्रेस जिल्ला कार्य समिति ताप्लेजुङले प्रत्येक स्थानिय तहमा घुम्ती बैठक गर्ने निर्णय कार्यान्वयन गरेको छ । चुनावका बेला मात्र नभई बैठक बस्न समेत गाउँ-गाउँ पुग्न सके पार्टी र जनताको वास्तविकता बुझ्न मदत पुग्ने आशाका साथ काग्रेसले घुम्ती बैठकको सुरुवात गरेको हो । उक्त निर्णयप्रति कार्यकर्ता र शुभेच्छुकले खुसी प्रकट गरेका छन् । पार्टी सचिव युक हाँ वीर हाङगामले (डम्बर) भने, ‘नेता कार्यकर्ता चुनावको बेला मात्र होइन । अरु बेला पनि गाउँ-गाउँ पुग्रुपर्छ । तब मात्र वास्तविकता थाहा हुन्छ ।’
बुधबार बसेको पहिलो घुम्ती बैठकले वर्खायामसँगै विपदका घटनामा उद्धार तथा सहयोगमा सक्रियता बढाउनेदेखि पार्टी संगठन विस्तार गर्ने लगायत चार बुँदे निर्णय गरेको छ।
जल तथा मौसम पुर्वानुमान महाशाखाले यो वर्ष सरदर भन्दा बढि वर्षा हुने अनुमान गरेको छ ।
विपदबारे सावधानी अपनाउन जनचेतनामुलक कार्यक्रमदेखि घटना भए उद्धार र सहयोगमा उत्तिकै सक्रियता बढाउने निर्णय गरेको काग्रेसले जनाएको छ । काग्रेस महासमिति सदस्य शिला इजमका अनुसार पार्टी संगठन विस्तारका लागि रणनीतिक योजना आ-आफ्नो तहको भूमिका, पार्टी प्रवेश गर्नेको व्यवस्थापन, मेरिङदेन गाउँपालिकाको क्रियाशिल सदस्यको अवस्था र स्थानिय सरकारको प्रभावकारीता र सुशासन सम्बन्धि सुझाव बैठकको एजेण्डा थियो ।
महासमिति सदस्य इजमले भनिन्, ‘एजेण्डासहितको बैठकमा मसिनो गरि छलफल त हुन्छ नै । तथापी राजनीतिसँगै जनताको दैनिकीमा कसरी सहयोगी हुने भन्नेमा पनि उत्तिकै चासो हुन्छ ।’ सभापति गजेन्द्र प्रसाद तुम्याङले वास्तविकताको धरातल बुझ्न बैठक उपयोगी भएको बताए । सभापति तुम्याङले भने, ‘झट्ट सुन्दा गाउँ-गाउँमा बैठक भएछ जस्तो लाग्न सक्छ । तर कार्यकर्ता र सर्वसाधारणले आँगनैमा सुख दुखका कुरा पोख्न पाउँछन् ।’ नेता कार्यकर्ताका अनुसार स्थानिय तहमै पुगेर बैठक बस्दा पार्टीको मात्र नभई विविध विषय बुझ्न सहज हुन्छ ।
बैठकमा मेरिङदेन गाउँपालिकामा महिला सँघको सदस्यताका लागि ३ सय २२ जनाको नाम समावेश भएको विवरण सार्वजनिक गरेको छ ।
महिला सँघ जिल्ला सचिव अन्जना कडरियाले सदस्यता संख्याबारे जानकारी दिए । कार्यक्रममा सभापति तुम्याङसहित उपसभापति डिल्लीरमण बराल र सचिवद्धय युक हाँ वीर हाङगाम (डम्बर), सञ्जयबाबु निरौला (गणेश), महासमिति सदस्य शिला राई, विश्वराज नाल्बोले पार्टीको रणनीतिबारे प्रकाश पारे । जिल्ला सदस्य उदय आङवुहाङ, बेद हाङगाम, सुरेन्द्र बस्नेत, भुमि आयोग जिल्ला अध्यक्ष कृष्ण कुमार बस्नेत, स्ववियू सभापति तिल कुमार जोगी, मेरिङदेन गाउँपालिकाको ६ वटै वडाका वडासभापति, महिला सँघ उपाध्यक्ष मात्रिकादेवी प्रसाई र सचिव अन्जना कडरिया र खेलकुद विभाग संयोजक प्रेमहित लङवा लगायतले समसामयिक विषयमा धारणा राखे ।
मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्त वहादुर कार्कीले विकास निर्माणको काममा जनप्रतिनिधि प्रतिबद्ध हुनुपर्नेमा जोड दिए ।यसैबिच मेरिङदेन गाउँपालिका किसान सँघ समेत गठन भएको छ । ६ वटै वडाका तरुण दलका नवगठित अध्यक्षलाई प्रमाणपत्र समेत प्रदान गरेको छ । काग्रेसको मासिक बैठक हरेक महिनाको ७ गते बस्ने गरेको छ । अर्को बैठकको स्थान तय गरेको छैन् । बर्खायाम सुरु भएकाले विपदजन्य घटना नभए तत्कालै स्थान तोक्ने भएको छ ।सेतोभेडा डटकममा यो खबर प्रकाशित छ।