ताप्लेजुङमा आगामी भदौ ३ गतेदेखि १० गतेसम्म सञ्चालन हुने दोस्रो संस्करणको ताप्लेजुङ गोल्डकप २०८१ मा त्रिभुवन आर्मी क्लबसहित आठ टिमको सहभागीता रहनेछ । गोल्डकप का अध्यक्ष देजराज गुरुङका अनुसार ताप्लेजुङको प्रतिनिधित्व जनाउँदै संघर्ष स्पोर्टिङ क्लव उकालीपानी, वाईवाई पाँचथर फुटवल क्लव पाँचथर, सगरमाथा स्र्पोटिङ क्लवमोरङ०, सलहेश युथ क्लव सिराहा, त्रिभुवन आर्मी क्लव काठमाडौं, बुटवल लुम्बिनी एफसी, झापा र भारतको एक टिम सहभागी हुनेछन् ।

आयोजका सचिव टिकेन्द्र नेपालीका अनुसार यस वर्ष प्रतियोगिताको पुरस्कार राशिमा वृद्धि गरिएको छ ।
यस वर्ष विजेता टिमले नगद रु ५ लाख ५सय ५५ सहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै, द्वितीय हुने टिमले कप मेडल र प्रमाणपत्रसहित नगद रु २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने गर्नेछ ।
प्रत्येक खेलमा म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई नगद रु ५००० का दरले प्रदान गरिनेछ । विभिन्न ८ वटा विधामा उत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत गरिने बताइएको छ। जसअनुसार सर्वोत्कृष्ट खेलाडीलाई ट्रफी मेडल र प्रमाणपत्र सहित १५ हजार प्रदान गरिनेछ । त्यस्तै प्रतियोगितामा सर्वाधिक गोलकर्ता, उत्कृष्ट फरवार्ड, उदयमान खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफील्डर र उत्कृष्ट कोचलाई जनही मेडल र प्रमाणपत्र सहित १० ÷ १० हजार प्रदान गरिनेछ।
प्रतियोगिताको लागि क्वार्टरफाइनलमा टिकटको शुल्क १०० कायम गरिएको छ भने सेमिफाइनलमा र फाइनलमा क्रमसः २०० र २५० कायम गरिएको आयोजकले बताएको छ। हरेक दिन टिकट लिएका भाग्यशाली एक जना दर्शकले भने ताप्लेजुङको सदरमुका फुङ्लिङ बजारमा रहेको नमस्ते मोवाइल सेन्टरबाट एक थान किप्याड मोवाइल फोन साथै फाइनलको दिन भने एन्ड्रोइड मोवाइल फोन समेत जित्ने आयोजकले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!