फुङ्लिङ- ८, ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका वाड न. -८ ले आफ्नो वाडभित्रका वडावासीलाई स्वच्छ खानेपानीका लागि फिल्टर वितरण गरेको छ ।
१८ औं राष्ट्रिय जातीय छुवाछूत उन्मुलन दिवसको अवसरमा दलित समुदायमा फिल्टर वितरण गरेको हो।
वडा ८ स्थित ५५ दलित घरपरिवारलाई स्वच्छ खानेपानी उपलब्ध गराउन फिल्टर वितरण गरिएको वडा नं ८ का वडाध्यक्ष क्षितिज सुनुवारले जानकारी दिनुभएको छ।
‘मूलबाट ल्याइएको पानी त्यत्तिकै पिउनुभन्दा फिल्टर गरेर पिउँदा बढी फाइदा हुन्छ, उहाँले भन्नुभयो, “त्यसका लागि वडाको आर्थिक सहयोगमा स्थानीयवासीलाई निःशुल्क फिल्टर वितरण गरिएको हो ।”
फिल्टर वितरण भएसँगै त्यस क्षेत्रका प्रत्येक दलित घरधुरीमा सुरक्षित खानेपानीको सुनिश्चितता भएको अध्यक्ष सुनुवारले बताउनु भयो।
फुङ्लिङ -८ क्षेत्रमा रहेका दलित बर्गका घर धुरिका लागि लागि ‘एक घर, एक फिल्टर’ निःशुल्क वितरण गरिएको अध्यक्षको भनाइछ।







