ताप्लेजुङ । एक युवातीलाइ जवरजस्ती करणी गर्न खाेजेर फरार रहेका युवाक भैंसी करणी गर्दै गरेकाे अवस्थामा पक्राउ परेका छन् ।

ताप्लेजुङ फुङलिङ नगरपालिका १० फुरुम्बुका २९ वर्षीय बिक्रम तामाङलाइ भैंसी करणी गर्दै गरेकाे अवस्थामा स्थानीयले पक्राउ गरी प्रहरीलाइ बुझाएका हुन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीका अनुसार तामाङलाइ स्थानीयकाे भैंसी गाेठबाट पक्राउ गरिएकाे हाे ।

तामाङले बुधबार साँझ ५ बजे विद्यालयबाट घर फर्किदै गरेकी एक युवतीहरुलाई जवरजस्ती करणी गर्न खाेजेका थिए । युवतीले हारगुहार गरेपछि स्थानीयहरु घटनास्थल पुग्दा तामाङ फरार भएका थिए ।

फरार रहेका तामाङलाई खोजी गर्ने क्रममा सोही दिन साँझ गोठमा बाँधेको भैँसीलाई करणी गर्दै गरेको अवस्थामा स्थानीयले फेला पारी प्रहरीलाई बुझाएको प्रहरी निरीक्षक लुङगेलीले जानकारी दिए ।

प्रहरी नियन्त्रणमा रहेका तामाङलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ अन्तर्गत जवरजस्ती करणी उद्योग र पशु करणी कसुरमा अदालतबाट हिरासतमा राख्न ७ दिने म्याद थप अनुसन्धान जारी राखिएको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!