Menu
Online Radio Nepal
LIVE RADIO
Download Radio Nepal App
Play StoreApp Store
अन्तरपालिका स्तरीय मेयर कप पुरुष भलिबलको उपाधि पाथीभरा याङवरकलाई
माला पालुङवा७ जेष्ठ, २०८१
19
Shares
facebook sharing buttontwitter sharing buttonmessenger sharing buttonwhatsapp sharing buttonviber sharing buttonsharethis sharing button

ताप्लेजुङ । ताप्लेजुङमा सञ्चालित चौथो अन्तरपालिका स्तरीय मेयर कप पुरुष भलिबलको उपाधि पाथीभरा याङवरक गाउँपालिकाले हात पारेको छ ।

आज (सोमबार) सम्पन्न पालिकास्तरीय भलिबल प्रतियोगितामा सिदिङ्वा गाउँपालिकालाई ३–१ ले पछि पार्दै याङवरक गाउँपालिकाले उपाधि हात पारेको हो ।

ताप्लेजुङ पर्यटन महोत्सवको अवसरमा जेठ ३ गते देखि सञ्चालित प्रतियोगिताको विजेताले नगद २ लाख ७५ हजार १ सय सहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता सिदिङ्वा गाउँपालिकाले नगद १ लाख ४० हजार १ सय रुपैयाँ सहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनले जानकारी दिनुभयो ।

सेमिफाइनल पुग्ने सिरिजङ्गा र मिक्वाखोला गाउँपालिकाले समान ४५–४५ हजार रुपैयाँ पाएका छन् । यता खेलाडीको सम्मानका लागि भन्दै खेलाडीले जिते बराबर रकम पाथीभरा याङवरक गाउँपालिकाले थप गरेर खेलाडीलाई वितरण गर्दै आइरहेको छ ।

ताप्लेजुङमा ‘स्थानीय अर्ग्यानिक मेला महोत्सवमा प्रोत्साहन ताप्लेजुङको पर्यटकीय स्थलहरूको प्रचार प्रसार तथा अवलोकन’ भन्ने मूल नाराका साथ विगत पाँच दिन देखि ताप्लेजुङ पर्यटन महोत्सव फङलिङमा सुरु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!