२२ फाल्गुन, ताप्लेजुङ।
फुङ्लिङ नगरपालिका वाड न. ३ को आयोजना र बाल सुबोधिनी माध्यमिक बिधालयको सहकार्यमा शुक्रबार बाल सुबोधिनी माध्यमिक बिधालयको मैदानमा वाड न. ३ भित्र रहेका विद्यालयबिच नृत्य प्रतियोगिता सम्पन्न भएको छ । अतिरिक्त क्रियाकलापलाई मध्यनजर राख्दै गरिएको उक्त प्रतियोगितामा वाडभरी रहेका ८ विद्यालयको सहभागीता रहेको थियो । वाड अध्यक्ष युबराज बरालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा तमोर इङलिस स्कुल प्रथम, पाथीभरा ब्राइट फ्युचर एकेडमी दोस्रो र बाल सुबोधिनी माध्यमिक बिधालय तेस्रो भएका थिए। प्रथम हुने तमोर इङ्लिस स्कुलले नगद रु दुई हजार र द्धितिय हुने पाथीभरा ब्राइट फ्युचर एकेडेमिले नगद रु एक हजार प्राप्त गरेका छ्न।
नृत्य प्रतियोगिता वाड स्तरीय भएता पनि सामुदायिक बिधालयको फितलो प्रस्तुति रहेको थियो। नृत्यको लागि बाल सुबोधिनी माध्यमिक बिधालयले ७ दिन अगाडी नै पत्र पठाएता पनि सामुदायिक बिधालय तर्फबाट देखाएका नृत्य कुनै पनि तयारी नै नगरी प्रस्तुत गरिएको थियो। उता कार्यक्रम आयोजनाको लागि जिम्मा लिएको स्कुल बाल सुबोधिनी माध्यमिक बिधालयको पनि कमजोर व्यावस्थान रहेको दर्शकहरुले औल्याएका छन।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!