राष्ट्रपति रनिङ शिल्डमा आयोजक आठराई त्रिवेणीको बर्चश्व
वेलकम खबर४ फाल्गुन २०८०, शुक्रबार १८:४३
Views: 310

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका राष्ट्रपति जिल्ला स्तरीय छनौंट प्रतियोगितामा प्रथम भएको छ ।
आठराई त्रिवेणी गाँउपालिका २ फुलवारीमा आज सम्पन्न राष्ट्रपति जिल्ला स्तरीय छनौट प्रतियोगतामा ५८ वटा पदक प्राप्त गरी प्रथम भएको हो । आयोजक समेत रहेका आठराई त्रिवेणीले ३५ स्वर्ण,१८ रजत , ५ कास्य पदक प्राप्त गरेको हो ।

त्यस्तै फुङ्लिङ नगरपालिकाले २१ स्वर्ण ,८ रजत , ३ कास्य गरी ३१ पदक सहित दोस्रो भएको छ । मिक्वाखोला गाउपालिकाले ३ स्वर्ण ,४ रजत , ५ कास्य गरी १२ पदक प्राप्त गरि त्रितिय भएको छ । पाथीभरा याङवरक गाँउपालिकाले ३ स्वर्ण ,२ रजत , ३ कास्य गरी ८ पदक प्राप्त गरि चौथो भएको छ ।
मैवाखेला गाउपालिकाले २ स्वर्ण ,७ रजत , ३ कास्य गरी १२ पदक प्राप्त गरि पाँचौ स्थान हासिल गरेकोछ । सिदिङवा गाउपालिकाले १ स्वर्ण ,२ रजत , ६ काश्य गरि ९ पदक प्राप्त गरि छैटौ भएको हो । त्यस्तै मेरिङदेन गाउपालिकाले १ स्वर्ण ,१ रजत , ४ कास्य गरी ६ पदक प्राप्त गरि सातौ भएको हो । यसै सिरिजघा गाउपालिकाले ४ रजत , ३ कास्य गरी ७ पदक प्राप्त गरि आठौ भएको हो । फक्ताङलुङ गाउपालिकाले ,रजत , ३ कास्य गरि ४ पदक प्राप्त गरि अन्तिम भएको हो । प्रतियोगिताको समापन कार्यक्रममा प्रदेश सांसद तथा पूर्व मन्त्री तिलकुमार मेन्याङ्बोको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
आठराई त्रिवेणी गाउपालिका अध्यक्ष दिपेन्द्र पोमु , सिदिङवा गाउपालिका अध्यक्ष मान बहादुर राई ,मिक्वाखोला गाउपालिका अध्यक्ष भक्त बहादुर कार्की लगायत जनप्रतिनीधीहरु, कर्मचारी,शिक्षक , विद्यार्थीहरुको उपस्थिीती रहेको थियो । प्रतियोगिताका विजेतालाई पदक वितरण गरिए जिल्ला खेलकुद विकास समितीका कार्यालय प्रमुख यज्ञनिधि पौडेलले बताए ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!