२१ माघ, ताप्लेजुङ – प्रेस चौतारी नेपाल ताप्लेजुङले पत्रकारहरुलाई पुरस्कृत गरेको छ ।

आईतबार आफ्नो २६ औ स्थापना दिबसको अबसरमा जिल्लाका क्रियाशील ३ जना पत्रकारलाई नगद दश हजार एक सय पाँच रुपैयाँका दरले सम्मान तथा पुरस्कृत गरेको गरेको हो । नेपाल पत्रकार महासंघका पुर्वअध्यक्ष, नयाँ पत्रिका दैनिक तथा उज्यालो अनलाईनका संवाददाता केशव भट्टराई, ताप्लेजुङको पहिलो सामुदायिक रेडियो, रेडियो तमोर १०२ मेघाहर्जका पुर्व सहायक स्टेनशन मेनेजर, नेपाल पत्रकार महासंघका पुर्व सचिव रविन भट्टराई र रेडियो तमोरका बजार ब्यबस्थापक प्रमुख तथा नेपाल पत्रकार महासंघका उपाध्यक्ष गंगा लिङखिमलाई सम्मान तथा पुरस्कृत गरिएको प्रेस चौतारी नेपाल ताप्लेजुङका अध्यक्ष बसन्त पालुङवा लिम्बुले बताउनुभयो ।

अध्यक्ष लिम्बुका अनुसार प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट पुर्ब सचिब भट्टराईराईलाई, जयमती कर्ण बहादुर पत्रकारीता पुरस्कारबाट पुर्ब अध्यक्ष भटटराईलाई र अग्नि प्रसाद भिमादेबी पत्रकारीता पुरस्कारबाट लिङखिमलाई पुरस्कृत गरिएको हो । नेकपा एमालेका केन्द्रिय सचिब तथा प्रतिनिधिसभाका सदस्य योगेश कुमार भट्टराईको प्रमुख आतिथ्यतामा तिनै पत्रकारहरुलाई पुरस्कृत गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!