ताप्लेजुङ – प्रेस चौतारी नेपाल ताप्लेजुङले स्थापना दिवसको अवसरमा ३ जना पत्रकारलाई पुरस्कृत गर्ने भएको छ ।
आफ्नो २६ औँ स्थापना दिवसको अवसरमा जिल्लामा क्रियाशिल रहेका पत्रकारलाई विभिन्न पत्रकारिता पुररकारबाट पुरस्कृत गर्ने निर्णय भएको हो । पुरस्कृत हुनेमा नेपाल पत्रकार महासंघका पुर्वअध्यक्ष, नयाँ पत्रिका दैनिक तथा उज्यालो अनलाईनका संवाददाता केशव भट्टराई, ताप्लेजुङको पहिलो सामुदायिक रेडियो, रेडियो तमोर १०२ मेघाहर्जका पुर्व सहायक स्टेनशन मेनेजर, नेपाल पत्रकार महासंघका पुर्व सचिव रविन भट्टराई र रेडियो तमोरकै बजारब्यबस्थापक प्रमुख तथा नेपाल पत्रकार महासंघका उपाध्यक्ष गंगा लिङखिम रहेका छन् ।
पत्रकारत्रयलाई आगामी माघ २१ गते प्रतिनिधिसभाका सदस्य तथा एमाले केन्द्रिय सचिव योगेश कुमार भट्टराईको प्रमुख आतिथ्यतामा नगद सहित पुरस्कृत गर्ने तयारी भईरहेको अध्यक्ष बसन्त पालुङवा लिम्बुले जानकारी दिनुभयो । उहाँका अनुसार प्रेस चौतारी पत्रकारिता पुरस्कार रविन भट्टराईराईलाई, जयमती कर्ण बहादुर पत्रकारीता पुरस्कार केशब भटटराईल र अग्नि प्रसाद भिमादेबी पत्रकारीता पुरस्कार गंगा लिङखिमलाई प्रदान गरिदैछ ।







