११ पुस, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले भूकम्प पीडितका लागि ७२ वटा अस्थायी आवास बनाएको छ ।

भूकम्पले सबैभन्दा बढी प्रभावित जाजरकोटमा तरुण दलले अस्थायी टहरा बनाएको हो । भेरी नगरपालिकाको वडा नम्बर १, ३ र ४ मा तरुण दलले अस्थायी आवास बनाएको हो ।

अस्थायी आवास निर्माणका लागि तरुण दलका नेता कार्यकर्ता ९ दिन देखि खटिएका थिए । अस्थायी आवास निर्माणका लागि ५० जना भन्दा बढी तरुण दलका नेता कार्यकर्ता खटिएको तरुण दल ताप्लेजुङका कार्यबहाक सभापति पृथ्वी पालुंवाले जानकारी दिएकाछन् ।

अस्थायी आवास बनाउनका लागि आवश्यक जस्तापाता तरुण दलका तर्फबाट व्यवस्था गरिएको तरुण दलका नेता अशोक झाले जानकारी दिए । निर्माण कार्यमा आवश्यक औजारका लागि तरुण दलले निर्माण व्यवसायी महासंघसँग समन्वय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!