ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले चासोक तङ्नामको अवसर आगामी पौष ११ गते एक दिन स्थानिय बिदा दिने निर्णय गरेको छ।
आइतबार एक बिज्ञप्ति प्रकाशित गरि सो जानकारी गराएको हो। चासोक तङ्न्नामको अवसरमा भानु माबिको खेल मैदानमा भइ रहेको कन्चनजङ्घा सेसेलुङ गोल्ड कपको फाइलन खेल बुधबार हुदैछ।
बुधबार नगरपालिकाको मातहत रहेका सम्पूर्ण स्थानीय तह, शिक्षण संस्था र निकायहरूमा बिदा रहनेछ । सङ्घीय सरकार अन्तर्गत रहेका अन्य कार्यालय खुल्ला रहने बताइएछ ।
झापा, मोरङ, सुनसरी, ताप्लेजुङसहित पूर्वी पहाडी जिल्लामा चासोक तङ्नाम धमाधमका साथ मनाउने चलन छ ।
हेर्नुहोस बिज्ञप्ति:








