ताप्लेजुङ – ताप्लेजुङमा पहिलो पटक फुङलिङ नगरपालिकाले नगर खेलकुद समिति गठन गरेको छ ।

फुङलिङ नगरपालिका ८ का वडाध्यक्ष क्षितिज सुनुवारको संयोजकत्वमा फुङलिङ नगरपालिका नगर खेलकुद समिति गठन गरेको हो । स्थानीय तह निर्माण भएको ७ बर्षमा पहिलो पटक फुङलिङ नगरपालिकाले सुनुवारको संयोजकत्वमा नगर खेलकुद समिति सर्वसम्मत गठन गरेको नगरपालिकाले जनाएको छ । बुधबार गठन भएको समितिको सदस्यहरुमा सामाजिक समितिबाट फुङलिङ नगरपालिका ४ का वडाध्यक्ष दुर्गा पालुङवा, खेलकुद प्रशिक्षक पुरुषबाट देवकुमार पालुङवा, महिलाबाट अनुशा थेवे, पूर्व खेलाडी पूरुष र महिलाबाट क्रमश पासाङ शेर्पा, वेदना गुरुङ, नगर स्तरका खेलकुद सम्बन्धि दर्ता भएको क्लब पुरुष तर्फ दिनेश खबास, महिला तर्फबाट कविता तामाङ चयन हुनु भएको छ ।

यस्तै सामुदायिक बिद्यालय खेलकुद शिक्षकबाट शंकर श्रेष्ठ, संस्थागत बिद्यालय खेलकुद शिक्षकबाट रोजेश गुरुङ, शिक्षा तथा खेलकुद शाखा प्रमुख सदस्य सचिव प्रकाश पौडेल र आमन्त्रित सदस्यहरुबाट जीवन पालुङवा, सन्तोष गुरुङ र शैलेन्द्र गुरुङ छनोट हुनु भएको छ । संयोजक सुनुवारले अनुशासित भएर कार्यकाल सफल बनाउने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । नगर खेलकुद समिति फुङलिङ नगरपालिका प्रमुख अमिर मादेन, उपप्रमुख भिमादेबी ओझाको उपस्थितिमा गठन गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!