ताप्लेजुङ– ताप्लेजुङको सिरीजंघा गाउँपालिकामा जारी तेश्रो संस्करणको सिरिजंघा गोल्डकपमामंगलबार २ खेल सम्पन्न भएका छन् ।

मंगलबार भएको पहिलो खेलमा कर्णसिंह सोनाम स्मृति क्लबलाई २–१ गोल अन्तरले हराउदै देउराली स्पोर्टिङ क्बल इलामले सेमिफाईनलको यात्रा तय गरेको छ । न्युस्टार झापा र खेबाङ स्पोर्टिङबीच भएको दोश्रो खेलमा निर्धारित समयावधिमा बराबरी गोल भएपछि खेल ट्राईबेकरमा धकेलिएको थियो । खेल २–२ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय ट्राईबेकरबाट लिइएको हो । ट्राईबेकरमा खेबाङलाई ५–४ गोलअन्तरले पराजित गर्दै झापा विजयी भएको तेल्लो स्पोर्टिङ क्बलका अध्यक्ष अर्जुन भट्टराईले जानकारी दिनुभयो ।

यस्तै बुधबार क्वाटर फाइनलका एक र सेमिफाईनलको एक खेल हुदैछन् । बुधबारको पहिलो खेलमा साझा युवा क्लब पाँचथर र सुनकोटी सिटी एफसी काठमाडौँबीच प्रतिष्पर्धा हुने खेल तालिकामा उल्लेख छ । त्यस्तै बुधबार नै सेमिफाइनलको पहिलो खेलमा ब्रदरहुड फुटबल क्बल उदयपुर र न्यु स्टार क्बल झापा फाईनल प्रवेशका लागि मैदान उत्रदै छन् ।

प्रतियोगिताको बिजेता र उपविजेताले नगद क्रमश २ लाख २ हजार २ सय २२ र १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् । खेलको फाईनल आगामी मंसिर २९ गते हुदैछ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!