ताप्लेजुङ। ताप्लेजुङको सिरीजंघा गाउँपालिका ३ सिकैचामा उत्तिसको गोलिया काट्ने क्रममा एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पाथीभरा याङवरक गाउँपालिका ४ डुमृसेका ३१ वर्षीय सुमन मेन्याङवो लिम्बु रहेको ३ नं. वडा सिकैचाका वडासदस्य अम्बि साउदेनले बताउनुभयो । उहाँका अनुसार लिम्बूको हिजो करिब साढे २ बजे रुखले टाउकोमा गम्भिर चोट लागेका कारण ज्यान गएको हो । स्थानीयले प्रहरीलाई खबरपछि काँडे भञ्ज्याङ अस्थायी प्रहरीले चौकी घट्नास्थल तर्फ पुगी सुरक्षा प्रदान गरिरहेका छन् ।
यता शवको कानुनी प्रक्रिया पुरा गर्नका लागि जिल्ला प्रहरी कार्यलय ताप्लेजुङबाट प्रहरीको टोलि घट्नास्थलतर्फ प्रस्थान गरेको प्रहरी नायव उपरीक्षक (डिएसपी) राजन लिम्बुले जानकारी दिनुभयो ।







