-तरुण भारती
१८ कार्तिक,ताप्लेजुङ । नेपाली कांग्रेस ताप्लेजुङले महासमिति सदस्य चयन गरेको छ ।
क्षेत्रीय प्रतिनिधिको उपस्थितिमा जिल्ला सम्मेलनले महासमिति सदस्य सर्वसम्मत चयन गरिएको सभापति गजेन्द्र प्रसाद तुम्याहाङले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार खुलातर्फ ५, खसआर्यतर्फ १, खुला महिलातर्फ २ र जनजाति तर्फ १ महिलासहित ३ गरी ११ महासमिति सदस्य चयन भएका छन् ।
नेपाली काङ्ग्रेस ताप्लेजुङले कार्तिक १७ र १८ गते आयोजना गरेको ऐतिहासिक जिल्ला सम्मेलनको अवसर परि महासमिति सदस्य चयन गरेको जानकारी दिएको छ।








