ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा एक बालकको रक्सि पारेर राखेको जाँडको कटमा डुबेर मृत्यु भएको छ । फक्ताङलुङ गाउँपालिका -२ घर भएका तिङदोका लाक्पा नोर्बु शेर्पाका १८ महिने छोरा ङिमा दोर्ची शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय ताप्लेजुङले जनाएको छ ।

मृतकका बुबा वैदेशिक रोजगारीमा साउदी गएको र आमा सोनिया शेर्पा बच्चा छिमेकीलाई हेर्न छोडेर खेतमा गएकि थिइन। सोही समयमा बच्चा खेल्ने क्रममा कटमा डुबि बच्चाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको बारेमा प्रहरीलाई जानकारी भए पश्चात् सिंवा प्रहरी चौकीबाट प्रहरी घटनास्थल पुगेको थियो। शबलाई जिल्ला अस्पताल ताप्लेजुङमा पोष्टमार्टम गरि आफन्तलाई बुझाईएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!