१५ असोज, सप्तरी ।
भारतबाट तस्करी गरी ल्याइएको एक सय थान रेडियो सेट(वाकिटकी) सशस्त्र प्रहरी बल, नेपालले बरामद गरेको छ। सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा न. २ मोहनपुरस्थित सीमा ईलाकाबाट आठ लाख रुपैयाँ बराबरको रेडियो सेट बरामद भएको हो।

सशस्त्र प्रहरी बल, नेपाल बि.ओ.पि. छिन्नमस्ताका बि.ओ.पि. पति इन्स्पेक्टर समराज खड्काको नेतृत्वमा निस्किएको मोटरसाइकल गस्ती टोलीले उल्लेखित परिमाणको सामान बरामद गरेको हो। उक्त सेट ल्याउने व्यक्ति भने गस्तीमा रहेको सुरक्षा फौजलाई टाढाबाट देख्नासाथ फरार भएका थिए।

विशेष गरी सुरक्षाकर्मीले प्रयोग गर्ने रेडियो सेट के प्रयोजनका लागि ल्याइएको थियो भन्ने खुल्न नसकेको सशस्त्र प्रहरी बल,नेपाल प्रधान कार्यालयका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!