ताप्लेजुङ । ताप्लेजुङको मेची राजमार्गको कावेली फुङलिङ सडक खण्डको फुङलिङ ७ ऐश्वर्याचोकमा धरानबाट ताप्लेजुङ आउदै गरेको बोलेरो र मोटरसाईकल एक आपसमा ठोकिएको छ ।

धरानबाट आईरहेको को १ ज २५२७ नम्बरको बोलेरो र विपरित दिशाबाट आउदै गरेको प्र १ –०३ –००१–४२९० नम्बरको मोटरसाईकल एकआपसमा ठोकिदा मोटरसाईकल चालक मेरिङदेन १ थिङलाबुका २८ बर्षिय अनिल शेर्पा गम्भिर घाईते भएका छन् ।

घाइते मोटरसाईकल चालकलाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिएको थियो तर जिल्ला अस्पतालले थप उपचारका लागि जिल्ला बाहिर रेफर गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख राजन लिम्बुले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!