ताप्लेजुङ – ताप्लेजुङको फुङलिङमा घरको छतबाट खसेर बालकको ज्यान गएको छ ।

नेपाल बैँक छेउमा फुपु अरुणिमा लिम्बूसँग बस्दै आएका ७ वर्षीय बालक अंकित लिम्बूको सोमबार साँझ ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक (डिएसपी) राजन लिम्बुले जानकारी दिनुभयो । डिएसपी लिम्बुका अनुसार ३ तला छतमाथि साथीहरुसँग फुटबल खेल्ने क्रममा बालक लडेका थिए । फुटबल छतबाट खसेको र रेलिङबाट चढेर हेर्ने क्रममा चिप्लेर लडेको स्थानीयले बताएका छन् ।

छतबाट लडेर गम्भिर घाईते भएका उनलाई अस्पताल पुर्‍याउन साथ चिकित्सकले मृत घोषणा गरेको बताइएको छ। बालकको टाउकोमा चोट लागेको थियो । मिक्वाखोला गाउँपालिका ४ साँबाका बालक लिटल बुद्ध ईङलिस बोर्डिङ स्कुलमा अध्ययन गर्दै थिए । कानुनी प्रक्रियाका लागि शवलाई जिल्ला अस्पतालको शव गृहमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!