ताप्लेजुङ – संविधान दिवसको अवसरमा ताप्लेजुङमा कैद भुक्तान गरिरहेका एक कैदीको बाँकी सजाय मिनाहा गरिएको छ ।

मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले ताप्लेजुङको मिक्वाखोला गाउँपालिका ३ लिबाङका ७० वर्षीय हर्क बहादुर लिम्बुको बाँकी कैद कट्टा गरी सजाय मिनाहा गर्नु भएको जिल्ला कारागार ताप्लेजुङका प्रमुख कुलेन्द्र खबासले जानकारी दिनुभयो । उहाँका अनुसार लिम्बूलाई कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद भुक्तानका लागि कारागार चलान गरिएको थियो । उनले ८ वर्ष ९ महिना ११ दिनको कैद भुक्तान गरिसकेका छन् भने बाँकी रहेको ११ वर्ष २ महिना ९ दिनको सजाय मिनाहा गरिएको कारागार प्रमुख खबासको भनाई छ ।

लिम्बूलाई आज बिहान १० बजे रिहा गर्ने तयारी भईरहेको समेत खबासले जानकारी दिनभयो । ताप्लेजङ कारागारमा हाल १ सय ५५ जना कैदी रहेका छन् । लिम्बू रिहा भएसँगै १ सय ५४ जना कैदी रहनेछन् । संविधान दिवस, गणतन्त्र दिवस लगायतको अबसरमा असल बानी व्यहोरा भएका देशका विभिन्न कारागारमा कैद भुक्तान गरिरहेका कैदीहरुको बाँकी सजाय मिनाहा गरी रिहाई गरिदै आइएको छ ।
संविधान दिवसमा ताप्लेजुङमा सहित देशैभर विभिन्न कार्यक्रम गरिदै छ । दिवसको अवसरमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!