फु्ङ्लिङ नगरपालिका ८ नम्बर वडाको आयोजनामा यहि भाद्र ३० देखि आसोज १ गतेसम्म प्रथम वडा अध्यक्ष कप भलिवल प्रतियोगिता सञ्चालन हुने भएको छ ।
“फुनपा ८ को चाहाना राष्ट्रिय खेलाडीको उत्पादन र सुन्दर वडाको स्थापना” भन्ने नारकासाथ प्रतियोगिता आयोजना गरिएको वडाले जनाएको छ ।

देउराली आमा समुहको भवन नाम्लेपार्टीमा हुने प्रतियोगितामा हालसम्म जिल्लाका विभिन्न पालिकाहरुवाट कुल १२ वटा टिमले सहभागिता जनाएकाछन् ।
टिम दर्ता गर्ने अन्तिम मिति बुधवारसम्म रहको कार्यक्रम संयोजक हर्कराज सुनुवारले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम पुरस्कार ट्रफि, मेडल र प्रमाणपत्रसहित नगद ८० हजार रहेको छ भने दोस्रो पुरस्कार ट्रफि, मेडल र प्रमाणपत्रसहित नगद ५० हजार रहेको छ । विभिन्न विधामा उत्कृष्ठ ठहरिने खेलाडीलाई १० हजार र सर्वोत्कृष्ठ खेलाडीलाई नगद १५ हजार प्रदान गरिने छ । सहभागी प्रत्येक टिमलाई नगद २५ सय उपलब्ध गराउने पनि आयोजक फु.न.पा. ८ वडा कार्यालायले जनाएको छ ।
ताप्लेजुङ जिल्ला भरिका वडा स्तरीय खेल भएकाले आफ्नो वडासँगको परिचय खुल्ने कागजात भने अनिवार्य गरिएको वताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!