१९ भाद्र, ताप्लेजुङ। ताप्लेजुङमा सञ्चालन भई रहेको ताप्लेजुङ गोल्डको सेमिफाईनल खेलमा झापालाई हराउदै ईलाम फाईनलमा प्रवेश गरेको छ ।आज भएको सेमिफाईनल खेलमा निर्धारित समयमा दुवै टीमबाट १–१ गोल भएपछि सोझै खेल ट्राईबेक्ररमा प्रवेश गरेको थियो ।ट्राईबेक्ररमा रेडहस फुटबल क्लब इलामले गोर्खा स्पोटिङ क्लब दमक झापालाई ५–४ हराउदै ईलाम फाईनलमा प्रवेश गरेको हो ।
अत्यन्तै रोचक तथा कडा प्रतिश्पर्धात्मक भएको खेलमा विदेशी खेलाडीको साथ पाएता पनि झापाले ट्राईबेक्ररमा गोल गर्न चुकेको थियो ।
भोलि उपाधिका लागि जुट विकास फुटबल एकेडेमी इटहरी र रेडहस इलाम फाईनल खेल हुनेछ । ताप्लेजुङ गोल्ड कपको विजेता टिमले ३ लाख ११ हजार १ सय ११ रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । यस्तै उप९विजेता टिमले १ लाख ५१ हजार १ सय ११ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।







