१८ भाद्र, ताप्लेजुङ । ताप्लेजुङमा जारी `ताप्लेजुङ गोल्डकप २०८०´ मा जुट विकास फुटबल एकेडेमी ईटहरी, सुनसरी फाईनलमा पुगेको छ । ट्राईबेक्ररमा पथरी–११ स्पोटिङ क्लव मोरङलाई ५-४ गोल अन्तरले पछि पार्दै फाइनलको यात्रा तय गरेको हो ।

सुरुवाती चरण मै दुबै टिमले आक्रामक रुपमा खेल खेलेका थिए । खेलका मुख्य रेफ्री दिपेश लिम्बूले पहिलो हाफमै ५ वटा पहेंलो कार्ड प्रयोग गरेका थिए। खेलमा ६ ओटा पहेलो कार्ड प्रयोग भएको थियो ।

भोलि मंगलबार हुने अर्को सेमीफाईनल खेलमा रेडस्टार फुटबल क्लव बिर्तामोड झापा र रेडहर्ष फुटबल क्लव इलामबिच हुनेछ ।

भदौ २० गते सम्पन्न हुने प्रतियोगिताको बिजेताले तीन लाख ११ हजार १११ सहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छ भने उपबिजेताले नगद एक लाख ११ हजार १११ सहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने लाखेजात्रा खेल सञ्चालन समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिनुभयो ।

लाखेजात्रा सँगैको खेलकुद प्रतियोगिता मार्फत जिल्लाको पर्यटन प्रर्वद्धन गर्ने, बजारलाई चलायमान बनाउने, नयाँ प्रतिभाको सिर्जना गर्ने, अग्रजको सम्मान र ईतिहासलाई बचाई राख्ने उद्धेश्यका साथ प्रतियोगिता सञ्चालन गर्न सम्पुर्ण रुपले जुटेको अध्यक्ष गुरङले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!