१७ भाद्र, ताप्लेजुङ । ताप्लेजुङ गोल्डकपमा आइतवार भएको अन्तिम क्वाटरफाइनल खेलमा भारत दार्जिलिङको युनाईटेड खर्साङ फुटबल क्लवलाई १–० ले स्तब्ध पार्दै झापाको रेडस्टार फुटबल क्लव सेमिफाइनल पुगेको छ।

फाईनल यात्राका लागि रेडस्टारको भीडन्त रेडहर्ष फुटबल क्लव इलामसंग मंगलवार हुने छ

फाईनलका लागि सोमवार जुट विकास फुटबल क्लव ईटहरी र पथरी–११ मोरङबिच खेल हुदैछ।

भदौ २० गते सम्पन्न हुने प्रतियोगिताको बिजेताले तीन लाख ११ हजार १११ सहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छ भने उपबिजेताले नगद एक लाख ११ हजार १११ सहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने लाखेजात्रा खेल सञ्चालन समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिनुभयो ।

लाखेजात्रा सँगैको खेलकुद प्रतियोगिता मार्फत जिल्लाको पर्यटन प्रर्वद्धन गर्ने, बजारलाई चलायमान बनाउने, नयाँ प्रतिभाको सिर्जना गर्ने, अग्रजको सम्मान र ईतिहासलाई बचाई राख्ने उद्धेश्यका साथ प्रतियोगिता सञ्चालन गर्न सम्पुर्ण रुपले जुटेको अध्यक्ष गुरङले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!