– तरुण भारती
११ भाद्र , ताप्लेजुङ । ‘ताप्लेजुङ गोल्डकप २०८०’ फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । सोमबार अम्बिटार स्थित भानुजन माबिको खेल मैदानमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।

भाद्र १४ गतेदेखि २० गतेसम्म हुने प्रतियोगितामा आयोजक मानाभरा युथ स्पोर्टिङ ल्कब ताप्लेजुङ, फिदिम स्पोर्टिङ क्लब पाँचथर, जुट बिकास फुटबल एकेडमी इटहरी, पथ्री -११ , रेडहर्स फुटबल ल्कब इलाम , गोर्खा स्पोर्टिङ क्लब दमक , रेड स्टार फुटबल क्लब झापा र भारतको युनाइटेड कुर्सेङ फुटबल क्लबसहित ८ वटा टोलीको सहभागिता रहने आयोजक समितिका अध्यक्ष देवराज गुरुङले बताउनु भयो।

उद्घाटन खेलमा आयोजक ताप्लेजुङको मानाभरा स्पोर्टिङ ल्कब र जुट बिकास फुटबल एकेडमी इटहरी भिड्दै छन् । प्रतियोगिताको विजेताले तीन लाख ११ हजार र उपविजेताले एक लाख ५१ हजार रुपैयाँसहित ट्रफी पाउने छन्।

प्रत्येक दिनको उत्कृष्ट खेलाडीले नगदसहित प्राप्त गर्ने लाखेजात्रा समितिका कोषाध्यक्ष निरोज श्रेष्ठले बताउनुभयो । त्यस्तै, प्रतियोगिता अवधिभरको उत्कृष्ट गोल किपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड फिल्डर, सर्वाधिक गोलकर्ताले समेत नगद प्राप्त गर्ने बताइएको छ ।
खेल तालिका:

मैदानको अवस्था:

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!