ताप्लेजुङ । नेपाली काङ्ग्रेस पार्टी ताप्लेजुङले सुदृढीकरणका लागि आन्तरिक विशेष अभियान सम्पन्न गरेको छ । । काङ्ग्रेस केन्द्रको कार्यक्रम अन्तर्गत काङ्ग्रेसका क्षेत्र, जिल्ला तथा प्रदेश तहले पनि आन्तरिक विशेष अभियान सम्पन्न गरेको हो । गत साउन २० गते देखि वडा हुँदै पालिकासम्म गरिएको अभियान साउन ३० गते वाणिज्य संघको सभा हलमा सम्पन्न भएको ताप्लेजुङका सभापति गजेन्द्र प्रसाद तुम्याहाङले जानकारी दिनुुभयो ।

नेपाली काङ्ग्रेस पार्टी केन्द्रिय कार्य समितिको साउन २ गते देखि १० गते सम्म बसेको बैठकले देशभर आन्तरिक पार्टी शुद्धीकरण अभियानको निर्देशन दिएको थियो । यही अनुसार, पार्टी पङ्ती भित्र रहेका असन्तुष्टिहरू र भावी दिनहरूमा थप सङ्गठनमा थप क्रियाशील बनाउन यो अभियान सुरु गरिएको जिल्ला कार्यसमिति सचिव युग हाङ वीर हाङ्गाम (डम्बर)ले जानकारी दिनु भएको छ ।

हाङ्गामका अनुसार भदौ १५ देखि पुन पार्टी भित्र थप चलायमान बनाउन अर्को कार्यक्रम पनि सुरु हुने छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका केन्द्रिय कार्य समिति सदस्य तथा संविधानसभा सदस्य साथै केन्द्रिय प्रतिनिधि सुजाता परियारले जिल्लाका पालिका तथा वडाबाट आएको प्रतिवेदनलाई लिएर केन्द्रिय समिति भित्र राख्ने प्रतिबद्धता जनाउनु भएको छ ।

यता कार्यक्रममा बोल्दै कोशी प्रदेका सासंद खगेन सिं हाङ्गामले कोशी प्रदेशको नाम सभ्यता, भूगोल र इतिहासको आधारमा पुनः नामाकरण गरिनु पर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्लाका पदाधिकारी तथा सदस्यहरू, विभिन्न विभागका केन्द्रिय सदस्यहरू साथै जिल्लाका विभिन्न विभागका कार्य समितिका सदस्यहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!