निजी शैक्षिक संस्थाले गर्दै आएकाे आन्दोलन स्थगित भएकाे छ । आज शुक्रबार सरकार र आन्दोलनरत निजी विद्यालय सञ्चालकहरुबीच सहमति भएपछि आन्दोलनका कार्यक्रम स्थगित भएकाे हाे ।
शिक्षा ऐन २०२८ लाई प्रतिस्थापन गर्न सरकारले ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ मन्त्रिपरिषदबाट पारित गरेसँगै यसमा असन्तुष्टि जनाउँदै निजी विद्यालय सञ्चालकहरुले विद्यालय बन्दसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए ।

आज शुक्रबार सिंहदरबारमा रक्षामन्त्री पूर्णबहादुर खड्का, शिक्षामन्त्री अशोक राईसहित सरोकारवालाहरुबीचको छलफलमा विद्यालय शिक्षासम्बन्धी विधेयक निजी विद्यालय सञ्चालकले उठाएको माग सम्बोधन गर्न सरकार तयार भएकाे हाे । निजी संस्थाका सञ्चालककाे मागलाई सरकार सम्बाेधन गर्न तयार भएपछि पूर्वनिर्धारित आन्दोलनका कार्यक्रम स्थगित गरिएको प्याब्सनका उपाध्यक्ष आशिष श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!