१५ श्रावण, ताप्लेजुङ । नेपाली काङ्ग्रेस ताप्लेजुङ, प्रदेश सभा सदस्य खगेन सि हाङ्गाम, नेपाल तरुण दल तथा नेबि संघको संयुक्त पहलमा सिदिङ्वा गाउँपालिकामा मनसुनजन्य बिपतमा परेका घर परिवारलाई राहात सहयोग उपलब्ध गराएको छ ।
बाढी, पहिरो लगायतबाट पूर्ण रुपमा बिस्थापित भएका र क्षति पुगेकाहरुलाई राहत उपलब्ध गराएको हो ।
नेपाली काङ्ग्रेस ताप्लेजुङका सभापति गजेन्द्र प्रसाद तुम्याहङका अनुसार बाढी र पहिरोमा परी घर पूर्ण रुपमा क्षति पुगेका उच्च जोखिम र जोखिम गरि ४१७ घरपरिवारलाई साढे ६३ क्युन्टल चामल, ४१७ केजि दाल लगायत तेल, नुन र साबुन राहात सहयोग उपलब्ध गराएको छ।
सिदिङ्वा गाउँपालिका , पाथीभरा याङ्वरक गाउँपालिका र मौवाखोला गाउँपालिकामा क्रमशः राहत वितरण भै रहेको सभापति तुम्याहाङले जानकारी दिनु भएको छ।















