ताप्लेजुङ । दैनिक उपभोग्य बस्तुहरुको सहज आवतजावत होस भनेर फुङ्लिङ नगरपालिका वाड न. २ देवलिङेका युवाहरुले श्रमदान गरेर सडक मर्मत गरेका छन।
निर्माणाधीन तारिबुङमा रहेको रंगशालादेखि लहरे गाउँ सम्म युवाहरुले श्रमदान गरेर करिब २ किलोमीटर किलोमिटर सडक मर्मत गरेका हुन् ।
भत्किएको र हिलाम्मे सडकभित्र सवारी साधनमार्फत आवातजावत गर्न मिल्ने सडक बनाउन श्रमदान गरेका स्थानीय गोपाल गुराँगाइले बताउनुभयो ।
स्थानीयवासीले घरायसी र खेतबारीको कामबाट बचेको समयमा सडकमा श्रमदान गरेका थिए । सडकबाट ५० घरधुरी लाभान्वित हुने जनाइएको छ । युवाहरुलाई विकासका काममा परिचालन गर्दा उनीहरुको विकास योजनाप्रति अपनत्व हुने र विकृतिबाट टाढा राख्न सहयोग पुग्ने स्थानीय बासिको बिश्वास छ ।







