ताप्लेजुङको मेरिङदेन गाउँपालिकाको नवनिर्मित प्रमुख प्रशासकीय भवनको आज उद्धघाटन गरिएको छ ।

प्रदेश सभाका सदस्य खगेनसिँह हाङगामको प्रमुख आतिथ्यतामा सोमबार आज उद्धघाटन गरिएको हो । गाउँपािलकाले आजबाट आफ्नै नवनिर्मित प्रशासकीय भवनबाट सेवा सुचारु गरेको छ । आफ्नै प्रशासकीय भवनबाट सेवा आरम्भ गर्ने मेरिङदेन ताप्लेजुङको चौथो स्थानीय तह भएको छ । गाउँपालिका अध्यक्ष युकहाङवीर(डम्बर)हाङगामले गत असार १५ गते निर्माण सम्पन्न भएको पालिकाको भवन समुद्घाटन संगै नवनिर्मित भवनबाटै सेवा आरम्भ भएको जानकारी दिनुभयो । पालिकाका ईञ्जिनियर पवन पौडेलका अनुसार ५ करोड ६१ लाख ४७ हजार ४ सय ४१ रुपैयाँको लागतमा भवन निर्माण कार्य पूरा भएको छ । पालिकाले निर्माण कम्पनी मालिकादेवी हिमालय जेभीसंग ५ करोड ६ लाख १९ हजार ९ सय ८८ रुपैयाँमा निर्माण सम्पन्न गर्नेगरी २०७७ साल असोज ५ गते सम्झौता गरेको थियो । कार्य सम्पन्न हुँदा कामको परिमाण थपिन गई सम्झौता भन्दा लागत केहि बढेको पालिकाले जनाएको छ ।

पालिकाले ६ करोड ६८ लाख ८३ हजार ५८ रुपैयाँ लागत अनुमान गरेर भवन निर्माणका लागि २०७७ साल असार २ गते बोलपत्र आवह्वान गरेको थियो । मालिकादेवी हिमालय जेभीले निर्माण जिम्मेवारी पाएपछि सम्झौता भई तत्कालिन गाउँपालिका अध्यक्ष गणेशबहादुर चोङवाङले भवनको शिलान्यास गर्नु भएको थियो । ९ स्थानीय तह रहेको ताप्लेजुङमा यसअघि सिरिजङ्गा गाउँपालिका,फुङलिङ नगरपालिका र पाथीभरा याङ्वरक गाउँपालिकाले आफ्नै प्रशासकीय भवन निर्माण गरी सेवा प्रदान गर्न थालिसकेका छन् । यसपहिले यहाँका सबै स्थानीय तहका प्रमुख प्रशासकीय भवन भाडाका घरमा सञ्चालनमा थिए । कार्यक्रममा प्रमुख अथिति प्रदेश सांसद हाङ्गामले स्थानीय सरकारले आफ्नै प्रशासकीय भवनबाट सेवा दिन थाल्नु पालिकाबासीहरुका लागि खुसीको बिषय भएको बताउनुभयो । उहाँले सेवा प्रवाहमा कार्यालयगत असहजताको अन्त्य हुने समेत बताउनुभयो ।

कार्यक्रममा मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की,प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ,मेरिङदेन गाउँपालिका उपाध्यक्ष दुर्गाप्रसाद श्रेङचोङवाङ,फक्ताङ्लुङ गाउँपालिका उपाध्यक्ष विकास साम्रा(रविन) सहितका जनप्रतिनिधि तथा सुरक्षा निकायका प्रमुखहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!