फिदिम । फिदिमबाट ताप्लेजुङ आउदै गरेको ट्रक मेची राजमार्गस्थित हेंवा खोलामा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ट्रकमा सवार दुईजना गम्भीर घाईते भएका छन् ।

ना २ ख ९२१५ नम्बरको ट्रक दुर्घटना हुँदा हिलिहाङ गाँउपालिका ७ का ३८ बर्षीय लक्ष्मी तामाङको ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाईते भएका तामाङको पाँचथर अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।

हिलिहाङ ७ का ट्रक चालक ४५ बर्षीय ज्ञानु थापा भनिने पारषमणी थापा र ३१ बर्षीय जीवन गदाईली दुर्घटनामा परी घाईते छन् । उनीहरुको पाँचथर अस्पतानमा उपचार भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!