२४ असार, ताप्लेजुङ । फुरुम्बो पालुङ्वा बंस प्रतिस्ठानले नेपाली काङ्ग्रेसका पुर्व तरुण दलका महामन्त्री तथा फुङ्लिङ वाड नम्बर ८ का पुर्ववडाध्यक्ष पदम सुन्दर पालुङ्वालाई तीन लाख पैतिस हजार नौ सय एकानब्बे रुपैयाँ राहत प्रदान गरेको छ ।
आइतबार एक कार्यक्रमको माझ राहत प्रदान गरिएको काजीमान पालुङ्वाले जानकारी दिनुभयो।
गत जेठ १३ गते शनिवार विधुत सट भै पालुङ्वाको घरमा आगलागी भएको भएको थियो । आगलागीमा बीस लाख बराबरको क्षति भएको बताइएको छ।







