ताप्लेजुङको मैवाखोला गाउँपालिकाका पहिरो प्रभावित परिवारलाई करिब ५ लाख रुपैँया बराबरको खाद्यन्न सामाग्री वितरण गरिएको छ ।

प्रदेश सभाका सदस्य खगेनसिँह हाङगाम र नेपाली काँग्रेस जिल्ला कार्य समिति ताप्लेजुङले संयुक्त रुपमा राहत स्वरुप खाद्यन्न सामाग्री हस्तान्तरण गरेको हो । शनिबार प्रभावित क्षेत्रमै पुगेर स्थानीय नागरिकलाई सामाग्री उपलब्ध गराइएको छ । पालिकाका ओदक, ताम्राङ, साँघु र ढुङगेसाँघु क्षेत्रका करिब १ सय १४ घर परिवारलाई खाद्यन्न वितरण गरिएको छ । प्रत्येक परिवारलाई चामल २५ केजी, दाल, चिनी, नुन २–२ केजी, खानेतेल १ लिटरका दरले प्रदान गरिएको हो । यस्तै नुहाउने तथा लुगा धुने साबुन लगायतका सामाग्री पनि उपलब्ध गराइएको बताइएको छ ।

जिल्ला विपद व्यवस्थापन समिति ताप्लेजुङका अनुसार स्थानीय सरकारका प्रतिनिधि मैवाखोला गाउँपालिकाका उपाध्यक्ष कमलकुमारी वनेमको रोहबरमा सामाग्री हस्तान्तरण गरिएको हो । यस्तै जिल्लाका अन्य क्षेत्रका पहिरो प्रभावित परिवारलाई समेत तत्कालै राहत वितरण गर्ने तयारी भईरहेको बताइएको छ ।

प्रदेश सभाका सदस्य हाङगाम, नेपाली काँग्रेसका जिल्ला सभापति गजेन्द्र तुम्याहाङ, मेरिङदेन गाउँपालिकाका अध्यक्ष युकहाङबी हाङगाम (डम्बर) मैवाखोला गाउँपालिकाका उपाध्यक्ष वनेम, वडाध्यक्षहरु, कंगे्रस ताप्लेजुङका अन्य पदाधिकारी, सदस्य, भातृसंगठन तेपाल तरुणदल, नेपाल विद्यार्थी संघका पदाधिकारी लगाययतको उपस्थितिमा खाद्यन्न सामाग्री वितरण गरिएको नेपाली कांग्रेस ताप्लेजुङले जनाएको छ । गएको असार २ गते भएको अविरल वर्षाले मैवाखोलाका अधिकांस क्षेत्रमा बाढीले क्षति पुर्‍याएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!