२४ असार, ताप्लेजुङ ।फुङ्लिङ नगरपालिक वाड नं ३ मा एक महिला लडेको अवस्थामा मृत फेला परिकी छिन् । हेलिप्याड ससस्त्र सडक खण्डमा पर्ने ससस्त्र चेक पोइन्ट नजिकै ससस्त्र क्याम्प जाने बाटोमा करिव १० फिट सडकमुनि झरेको अवस्थामा शव भेटिएको हो ।
शब फुङ्लिङ नगरपालिक वाड नं ७ निवासी ४४ वर्षिय धनकुमारी लिम्बु रहेको नेपाल प्रहरीले जनाएको छ । घटना कसरी घट्यो भन्ने विषयमा अनुसन्धान भइ रहेको प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिनुभएको छ ।







