असार २० गते । ताप्लेजुङ सदरमुकामस्थित पाथीभरा वहुमूखी क्याम्पसको १० कोठे २ तले पक्की भवनको बुधबार विहान शिल्यान्यास गरिएको छ । कोशी प्रदेशसभा सांसद खगेनसिंह हाङगामले पुजा विधिबाट शिल्यान्यास गरे । ह्यूमन प्राक्टिस फाउन्डेशन (एचपिएफ) र पाथीभरा क्याम्पसको लगानी छ । एचपिएफको १ करोड २ लाख र क्यापसको साढे ३३ लाख रुपैयाँ लगानी रहेको क्याम्पस प्रमूख युवराज बस्नेतले जानकारी दिए ।

सांसद हाङ्गामले भने,‘शैक्षिक विकासका लागि पूर्वाधार अति आवश्यक छ । पूर्वाधारसँगै शिक्षाको गुणस्तर वृद्धिमा पनि सबैले मदत गर्नुपर्छ ।’ क्याम्पसमा करिब १ हजार १ सय विद्यार्थी अध्यनरत छन् । पुरानो भवन भत्काएर नयाँ पक्की भवन निर्माण सुरु गरिएको हो । करिब १० महिनाभित्र निर्माण सम्पन्न गर्ने सम्झौता गरिएको छ ।

जिल्ला समन्वय समिति प्रमूख छिरिङ लामा,क्याम्पस बस्नेत,मेरिङदेन गाउँपालिका अध्यक्ष युगविर हां हाङगाम (डम्बर),पूर्व क्याम्पस प्रमूख मोहन कुमार राई,संञ्चालक समिति सदस्य शिला इजम,प्रजिन हाङवाङ र टेकनाथ अधिकारी लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!