१९ असार , ताप्लेजुङ । ताप्लेजुङमा आजदेखि ट्राफिक सप्ताह सुरु भएको छ। प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले सप्ताहको प्रारंभ गर्नुभएको हो ।

कोशी प्रदेश सरकार आन्तरिक तथा कानुन मन्त्रालयको आयोजनामा यो कार्यक्रम आजदेखि प्रदेश भरिनै गरिदैछ । कार्य प्रारंभ गर्दै प्रमुख जिल्ला अधिकारी चेम्जोङले सप्ताहको सन्देश र ट्राफिक चेतना लिएर विद्यालय सम्म पुग्न आवश्यक रहेको र त्यो प्रयाश गरिने वताउनुभयो ।

कार्यकममा पत्रकार महासंघका अध्यक्ष आनन्द गौतम उद्योग वाणिज्य संघका उपाध्यक्ष दावा शेर्पा लिटिलबुद्धका प्रिन्सिपल युवराज गिरीले सप्ताहमा गर्नुपने कार्यका विषयमा सुझाव दिएका थिए ।

आज विहान प्रभातफेरी गर्ने र तोम्मेडाडा मा कार्यकम गर्ने तयारी भएपनि वर्षाका कारण जिल्ला समन्वय समितिको हलवाट शुभारम्भ गरिएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख गोपाल भुजेलले जानकारी दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!