ताप्लेजुङ, असार ३ गते । ताप्लेजुङकाे सिदिङ्वा गाउँपालिका-६ मेहेलेमा पहिरोमा परि एकै घरका तीन जनासहित चार जना बेपत्ता भएका छन् ।

घर माथिबाट आएको पहिरोमा परि यामकुमार बुढाथोकीकी श्रीमती भगीमाया बुढाथोकी, बुहारी सन्ध्या बुढाथोकी र नाति प्रज्ज्वल बुढाथोकी बेपत्ता भएका हुन् । त्यही पहिरोमा परि हर्कबहादुर तामाङका छोरा गणेश तामाङ पनि बेपत्ता भएका जिल्ला समन्वय सदस्य कला कडरियाले बताउनु भएकाे छ । यस्तै, मैवाखोलामा आएको बाढीका कारण ताप्लेजुङकाे दोभानमा ५ वटा घर पहिराेकाे जोखिममा परेकाे स्थानीय जयप्रसाद भट्टराईले बताउनु भएकाे छ । ताप्लेजुङका ९ वटा पालिकामध्ये धरै गाउँपालिका केन्द्रमा पहिराेले क्षति पुर्याएकाे छ ।

क्षतिको सम्पूर्ण विवरण भने आउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!