०८ जेष्ठ, ताप्लेजुङ । फुङ्लिङ नगरपालिका वाड नम्बर – ८ ले अति विपन्न घरधुरीलाई निशुल्क मिटर बक्स वितरण गर्न सुरु गरेको छ ।

स्थानीय तह तथा वडा कार्यालयसँगको समन्वयमा अति विपन्न घरधुरीलाई निशुल्क मिटर बक्स वितरण सुरु गरेको वाड अध्यक्ष क्षितिज सुनुवारले जानकारी दिए ।

उनीहरुले नयाँ मिटर जडान गर्दा लाग्ने करीब तीन हजार रुपैयाँ बराबरको सेवा निशुल्क पाउनेछन् । विपन्न घरधुरीले प्राधिकरणको मापदण्ड अनुसारको ५ देखि ३० एम्पिएर क्षमता भएको सिंगल फेज इनर्जी मिटर निशुल्क पाउने छन् ।

हालसम्म ३० घरमा निशुल्क मिटर बक्स बितरण गरिएको अध्यक्ष सुनुवारले बताए । उनका अनुसार आफ्नो वाडमा ५० घरधुरी मिटरबक्सबाट बन्चित रहेको र कागजात पूरा पेश गरे पछि पुनः २० घरधुरीलाई बितरण गर्ने बताए।

निशुल्क मिटर बक्सका लागि वडा कार्यालयले नागरिकताको प्रतिलिपि, लालपुर्जाको प्रतिलिपि, दुई प्रति फोटो सहित वाडमा निवेदन पेश गर्नुपर्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!