प्रदेश एक पुनः नामाङ्कन संघर्ष समिति फुङलिङले शुक्रवार फुङ्लिङ नगरपालिकाको कार्यालयवाट कोशी प्रदेश नामाङ्कित विभिन्न सामाग्री जफथ गरि नष्ट गरेको छ ।

संघर्ष समितिका उपाध्यक्ष राजदीप मादेनका आनुसार नगरकार्यपालिकामा प्रयोग भएका विभिन्न कागजी समाग्राी तथा ५ थान लेटरप्याड नस्ट गरिएको हो । साथै कोशी प्रदेश नामाङ्कीत सफ्टकपी समेत कम्प्युटरवाट नष्ट गरेको उहाँले जानकरी दिनुभयो ।आज प्रमुख प्रशासकिय अधिकृतलाई ध्यानाकर्षण गरिएको पनि उाहाँले वताउनुभयो ।

“आज हामी छड्के जाँच जस्तो गरि नगरकार्यपालिकाको कार्यालयमा गएका थियौं र प्रमुख प्रशासकिय अधिकृत ज्युलाई भेटेर ध्यानाकर्षण पनि गराएका छौं ।सामाग्री जफथ गरि नष्ट ग¥यौ, यो कोशी प्रदेश विरुद्धको पहिलो पाईला हो भनेर उहाँहरुले बुझे हुन्छ । आउँदो दिनमा कोशी प्रदेश अंकित समाग्रीको प्रयोग दोहोरिएमा सयौंको संख्यामा हामी पुग्ने छौं र स्थिती भयानक बन्न सक्छ । ”मादेनले भन्नुभयो ।

यस अघि पनि आठराई त्रिवेणी गाउँपालिकावाट संघर्ष समितिले सामाग्री जफत गरि नष्ट गरेकोथियो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!