ताप्लेजुङ, चैत्र ८ गते । ताप्लेजुङको खोक्लिङमा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मिक्वाखोला गाउँपालिका १ खोक्लिङका ६७ वर्षीय खड्कप्रसाद लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिनुभयो । उनको मंगलबार करिब अपराह्न ५ बजे डाँडागाउँ भिरबाट लडेर मृत्यु भएको प्रहरी निरीक्षक कार्कीले बताउनुभयो । उहाँका अनुुसार मृतक लिम्बुको शव बाटोबाट करिब १ सय ५० मिटर तल मृत अवस्थामा फेला पारिएको हो ।
शवको कानूनी प्रक्रिया पुरा गरी जिल्ला अस्पताल ताप्लेजुङको शव गृहमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!