काठमाडौँ, फागुन १९ गते । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको नमुना मतपत्र बिहीबार सार्वजनिक गरेको छ । संघीय संसद् र प्रदेशसभाका सदस्यलाई फरक मतपत्र तयार गरेको आयोगका प्रवक्ता शालिकराम पौडेलले जानकारी दिए ।

संघीय सांसद ३३१ ले प्रयोग गर्ने प्रयोग गर्ने मतपत्र सेतो कागजमा गुलाबी रङको चिह्न हुनेछ । त्यस्तै प्रदेशका ५५० सांसदले प्रयोग गर्ने मतपत्र सेतो कागजमा हरियो चिह्न र अक्षर हुनेछ । दुवै मतपत्रमा उम्मेदवारको तस्बिर र नाम राखिएको छ । राष्ट्रपति चयनका लागि हुने यही फागुन २५ गते बानेश्वरस्थित अन्तर्राष्ट्रिय केन्द्रमा मतदान हुँदैछ । राष्ट्रपति पदका लागि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ चुनावी मैदानमा छन् । पौडेललाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादीलगायत पार्टीको समर्थन रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!