१६ फाल्गुन, ताप्लेजुङ। मूलघरतर्फ जाने क्रममा अलैंची बारीमा लडी मृत अवस्थामा फेला परेका ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं १० फुरुम्बुका एकबृद्धको शव पोष्टमार्टम पछि आफन्तलाई जिम्मा लगाइएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक कुशराम कार्कीका अनुसार लडी मृत अवस्थामा भेटिएका ६१ बर्षिय पृथ्वीबहादुर लिम्बूको शव पोष्टमार्टम पछि उनकी श्रीमति सीतालाई जिम्मा लगाईएको छ ।
आफ्नो घरबाट मूलघरतर्फ हिंडेका पृथ्वीबहादुर लामो समय सम्म मूलघर र आफ्नोघरतर्फ नपुगेपछि खोजी गर्ने क्रममा नजिकै रहेको अलैंचीबारीमा मृत भेटिएका थिए ।euyalopost







