१३ फाल्गुन, ताप्लेजुङ । नेपाली सेनाको भिमकाली गुल्म र जिल्ला प्याब्सन ताप्लेजुङबीच भएको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा भिमकाली गुल्म विजयी भएको छ । फुङलिङ नगरपालिकाको तोक्मेस्थित भिमकाली ब्यारेकमा शनिबार आयोजना गरिएको मैत्रीपूर्ण प्रतियोगितामा प्याब्सन ताप्लेजुङलाई पहिलो सेटमा २५–१९, दोस्रो सेटमा प्याब्सनले २५–२२, र तेस्रो सेटमा गुल्मले २३-२५ ले पछि पार्दै भिमकाली विजयी भएको हो ।
मैत्रीपूर्ण भलिबल प्रतियोगिताको उद्घाटन गुल्म प्रमुख पवन नगरकोटीले गर्नुभएको थियो । कार्यक्रमका पुर्व केन्द्रीय सदस्य काजीमान पालुङ्वाले प्याब्सन ताप्लेजुङले आयोजना गरेको मैत्रीपूर्ण भलिबल प्रतियोगिताले नेपाली सेना र प्याब्सनबीचको आपसी सत्भावलाई अझ प्रगाढ बनाएको प्रतिक्रिया दिनुभएको छ ।
प्रतियोगितामा सहभागी गुल्मका खेलाडीलाई प्याब्सन ताप्लेजुङले एक थान भलिबल उपहार समेत दिएको छ ।







