८ फाल्गुन, ताप्लेजुङ । नेपाल विधार्थी संघ पाथीभरा क्याम्पस इकाई कमिटी पुर्नगठन भएको छ । सोमवार क्यामपसको एक कार्यक्रमबीच नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि शिला इजमको प्रमुख आथित्यतामा संघले ४५ सदसिय इकाई कमिटी सर्वसम्वत चयन गरेको हो ।
इकाई कमिटीको सभापतिमा प्रबेश गौतम ,उपसभापतिमा मिङ्मादिकी शेर्पा,विक्रम लामगादे,विजयदिप राई ,विस्मता केदेम चयन हुनुभएको छ भने सहसचिवद्धयमा राजिव मावोहाङ र रमेश सिग्देल चयन हुनुभएको हो ।
सहसचिवमा तिलकुमार जोगी,अशोक मगर ,अग्नि थलङ र गोपाल लिम्बू चयन हुँदा कोषध्यक्षमा विध्या देवानलाई चयन गरिएको नेवि संघले जनाएको छ ।
नवगठित इकाई कमिटीको अवधि आगामी २ बर्षको हुने छ ।







